बेन्जिमाको दुई गोलमा रियल म्याड्रिडको जित

स्पेनिस् ला लिगामा गएराति भएको खेलमा रियल म्याड्रिले जितेको छ।

नेपालभ्युज

बेन्जिमाको दुई गोलमा रियल म्याड्रिडको जित

एजेन्सी। स्पेनिस् ला लिगामा गएराति भएको खेलमा रियल म्याड्रिले जितेको छ। रियलले एट्लेटिको बिल्बलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

दुवै गोल करिम बेन्जिमाले गरे । बिल्बको लागि ओइहान सान्सेटले एक गोल फर्काए। सबै गोल पहिलोहाफको १० मिनेटभित्र भएको थियो ।

खेलेको ४ मिनेटमै बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। खेलेको सातौँ मिनेटमा फेरि बेन्जिमाले नै गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। खेलको १०औं मिनेटमा सान्सटले एक गोल फर्काए।

जितसँगै शीर्षस्थानमा रहेको रियलले १९ खेलबाट ४६ अंक जोडेको छ। उसले दोस्रो स्थानमा रहेको सेभिल्लालाई ८ अंकले पछि पारेको छ। बिल्ब भने २४ अंकसहित १०औं स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved