आरडब्लु विन्टर स्लाम १७ पुसमा

नेपालभ्युज

आरडब्लु विन्टर स्लाम १७ पुसमा

काठमाडौं। नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता १७ पुसमा हुने भएको छ। प्रतियोगिता बूढानीलकण्ठको चुनीखेल मैदानमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन्।

प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ। पाँचै विधामा नगद पुरस्कार राखिएको छ। हेभी वेट च्याम्पियनले ८० हजार, हार्डकोर च्याम्पियनले ६० हजार, मिडल वेट च्याम्पियनले ५० हजार, ट्याग टिम च्याम्पियनले ४५ हजार तथा लाइट वेट विजेताले २५ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन्।

प्रतिस्पर्धामा नुवाकोटे टाइगर, चट्टान, डेभिड, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, किङ रोबोर्ट, जोन, बाका, युबिएललगायतका खेलाडीको सहभागिता रहने बताइएको छ। प्रतियोगिता आयोजनामा बूढानीलकण्ठ नगरपालिका वडा १३ को विशेष सहयोग रहने आयोजकले जनाएको छ।

वडा १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले स्थानिय पर्यटनको प्रवद्र्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
महासचिव श्रेष्ठले कोभिडको महामारीले थलिएको पर्यटनलाई उकास्न प्रतियोगिताले सहयोग गर्ने विश्वास व्यक्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved