अन्तरजातीय बिहेपछि बेपत्ता पारिएका चन्द्रे कामी भेटिए

अन्तरजातीय विवाह गरेको कारण आठ दिनदेखि बेपत्ता हुम्ला सुर्केगाडका १८ वर्षीय चन्द्रे कामी भेटिएका छन्। प्रेम विवाह गरेका चन्द्रे र उनकी प्रेमिकालाई केटी पक्षले २९ मंसीरमा घरबाटै लगेका थिए।

नेपालभ्युज

अन्तरजातीय बिहेपछि बेपत्ता पारिएका चन्द्रे कामी भेटिए

काठमाडौं। अन्तरजातीय विवाह गरेको कारण आठ दिनदेखि बेपत्ता हुम्ला सुर्केगाडका १८ वर्षीय चन्द्रे कामी भेटिएका छन्। प्रेम विवाह गरेका चन्द्रे र उनकी प्रेमिकालाई केटी पक्षले २९ मंसीरमा घरबाटै लगेका थिए। प्रेमिका बुवा बीरबहादुर मल्लको घरमा भेटिए पनि चन्द्रे फेला नपरेपछि प्रहरीले उनको खोजीमा ३५ जना प्रहरी परिचालन गरेको थियो।

यो पनि पढ्नुहोस्

मंगलबार राति चन्द्रे सुर्केगाडबाट केही टाढाको गाउँ खार्पुनाथ भन्ने गाउँमा भेटिएको उनका दाजु नाता पर्ने गगन लोहारले जानकारी दिए। ‘‘पुसका राति टिसर्ट पनि नलगाएको अवस्थामा स्थानीय भेटेछन्, लुगा लाइदिएर खाना खुवाएर प्रहरीलाई बुझाएको जानकारी पाएका छौं,” उनले भने, ‘‘केटी पक्षले बन्धक बनाएर दबाब परेपछि छाडेको हुनुपर्छ।” चन्द्रे भेटिएको हुम्ला प्रहरीले पनि पुष्टि गरेको छ।

केटी पक्षका २० जना २९ मंसीर मध्यराति चन्द्रेको घरमा पसेर कुटपिट गर्दै लगेको स्थानीयको आरोप छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved