सार्क ल नेपालले पनि माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा

नेपालभ्युज

सार्क ल नेपालले पनि माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा

काठमाडौं । सर्वोच्च अदालतमा जारी विवादबीच सार्क ल नेपालले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेको छ।

सार्क राष्ट्रका न्यायाधीश, कानून व्यवसायी, कानूनी क्षेत्रका विज्ञ व्यक्तिहरू सहभागी संस्था सार्क लले नेपालका प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेको हो। सार्क लको अध्यक्ष सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधान छिन् भने न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरि फुयल यसेको सदस्य छन्।

सार्क लले जारी गरेको विज्ञप्तिमा छ, ‘यो वर्तमान जटिल अवस्थाको तत्काल अन्त्य गर्न प्रधान्यायाधीश चालेन्द्रशम्शेर जबराको तत्काल बर्हिगमन हुनुपर्ने देखिएकाले निजबाटै राजीनामा दिनु समग्र न्यायपालिकाको स्वतत्रता, स्वच्छ र निष्पक्षताका लागि उचित हुन्छ।’

यस्तै सार्क ल नेपालको विज्ञप्तिमा प्रधानन्यायधीश जबराको बहिर्गमनका लागि संवैधानिक दायित्व निर्वाह गर्न राजनीतिक दल लगायत सरोकारवाला निकायसँग पनि अपिल गरेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved