प्रतिगमनकारी शक्तिको टाउकोमा नटेकुन्जेल गठबन्धन कायम राख्नुपर्छ : भट्टराई

नेपालभ्युज

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनलाई परास्त गर्न गठबन्धन आगामी चुनावसम्म कायम राख्नुपर्ने बताएका छन्।

केपी शर्मा ओलीले संसद् विघटन गरेको एक वर्ष पुगेको अवधिमा आज समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा उनले निरन्तर खबरदारीका लागि एक भएर जानुपर्ने बताएका हुन्। अहिले चर्चामा रहेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे गठबन्धनबीच साझा सहमति बनाउनुपर्ने उनले बताए।

एमसीसीबारे दलहरूबीच साझा सहमति नभए गठबन्धन भत्किने र यसले प्रतिगमनको खतरा बढ्ने उनको भनाइ थियो।

‘‘प्रतिगमन पूर्ण रूपमा कहिल्यै परास्त हुँदैन त्यसैले निरन्तर खबरदारी आवश्यक छ। प्रतिगमनकारी शक्तिको टाउकोमा नटेकुन्जेल अहिलेको गठबन्धन कायम राख्नुपर्छ,” उनले भने, ‘‘यसलाई आगामी चुनावसम्म कायम राख्नुपर्छ।”

अहिले गठबन्धन टुटाउन विभिन्न चलखेल शुरु भएकाले यसलाई जोगाउन एमसीसी जस्ता महत्वपूर्ण विषयमा राष्ट्रिय सहमति हुनुपर्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved