कारबाहीमा परेका चार खेलाडी भन्छन् : ब्याट र बल छाड्ने अवस्था नआओस्

क्यानले आचारसंहिता उल्लंघन गरेको भन्दै ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गरेको थियो।

नेपालभ्युज

कारबाहीमा परेका चार खेलाडी भन्छन् : ब्याट र बल छाड्ने अवस्था नआओस्

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को कारबाहीमा परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका चार खेलाडीले क्यानको निर्णयमा आपत्ति जनाएका छन्।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र खड्का, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले क्यानलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै ब्याट र बल छाड्ने दुर्भाग्यपूर्ण अवस्था आउन नदिन अपिल गरेका छन्।

‘‘हामी अहिले पनि चाहन्छौं, नेपाली क्रिकेटमा देखिएका सबै समस्या हल गरौं, खेलका लागि राम्रो वातावरण बनोस्, यसका लागि क्यानले अभिभावकीय भूमिका खेल्दै निर्णय पुनर्विचार गरोस्,” संयुक्त विज्ञप्ति जारी गर्दै खेलाडीले भनेका छन्, ‘‘हामी र हामी जस्ता क्रिकेट खेलमा भविष्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दर्भाग्यपूर्ण अवस्था नबनोस्।”

आफूहरूले तलब आउँछ कि आउँदैन, आफूले के पाउँछौं, सेवा सुविधा के छ केही पनि नहेरेर निरन्तर खेल खेलेकोमा खेलाडीको मिहिनतको कदर नभएको उनीहरूले बताएका छन्। खेलाडीको मिहिनतसँगै मैदानबाहिर पनि सोही सम्मानको वातावरणका लागि आग्रह खेलाडीले गरेका छन्।

क्यानले  २९ मंसीरमा राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट मल्ल र उपकप्तानबाट ऐरिलाइ पदमुक्त समेत गरी चारै खेलाडीलाई ६ महीनाका लागि कारबाही गरेको थियो।

क्यानले गरेको खेलाडी वर्गीकरणमा चित्त नबुझेपछि कप्तान ज्ञानेन्द्रसँगै उपकप्तान ऐरी, खेलाडीहरू सोमपाल र ऐरीले मिडियामा असन्तुष्टि पोखेका थिए। उक्त असन्तुष्टिलाई क्यानको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको भन्दै ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved