नवनिर्वाचित महामन्त्री शर्माद्वारा बिपीको सालिकमा माल्यार्पण

कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका संस्थापक नेता बिपी कोइरालालगायत नेताको सालिकमा माल्यार्पण गरेका छन्।

नेपालभ्युज

नवनिर्वाचित महामन्त्री शर्माद्वारा बिपीको सालिकमा माल्यार्पण
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका संस्थापक नेता बिपी कोइरालालगायत नेताको सालिकमा माल्यार्पण गरेका छन्। सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगेर माल्यार्पण गरेका हुन्।

पार्टीको निर्वाचन समितिले शर्मा महामन्त्रीमा निर्वाचित भएको घोषणा गरेलगत्तै उनी नेता कार्यकर्ता एवं परिवारसहित सङ्ग्रहालय पुगेका थिए।

सङ्ग्रहालयमा उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी, सर्वोच्च नेता गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई, नेता योगेन्द्रमान शेरचन, दिवानसिंह राई, रामनारायण मिश्रलगातको सालिकमा माल्यार्पण गरे।

महामन्त्री शर्माले बिपीले रोपेको कपुरको रुखमा पानी पनि हाले।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved