काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित प्रदीप पौडेलले निर्वाचन परिणामलाई स्वीकार गरी निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
निर्वाचन परिणाम घोषणापछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीलाई सुदृढ र संगठित बनाई अघि बढाउने कुरामा सधैं साथ सहयोग गर्ने प्रतिबद्धता जनाए। निर्वाचन परिणामसँगै नेपाली कांग्रेसमा पुस्तान्तरण भएको भन्दै उनले वैचारिक रूपान्तरणका लागि विजयी पदाधिकारीहरूले नेतृत्व लिने विश्वास आफूले लिएको पौडेलले बताए।
निर्वाचन परिणामले पुरानो र नयाँ नेतृत्वहरूको समीश्रण पार्टीभित्र सिर्जना गराएको देखिएको भन्दै निर्वाचनपछि पार्टीभित्र आम एकता निर्माण हुने परिस्थिति बन्छ भन्नेमा आफू विश्वस्त रहेको बताए।
आज प्राप्त मतपरिणामअनुसार पौडेलले १४०९ मत ल्याएका थिए।
Facebook Comment
Comment