रक्षामन्त्री मीनेन्द्र रिजालले दिए राजीनामा

रक्षामन्त्री मिनेन्द्र रिजालले आफ्नो पदबाट राजीनामा दिएका छन्।

नेपालभ्युज

रक्षामन्त्री मीनेन्द्र रिजालले दिए राजीनामा
काठमाडौं। रक्षामन्त्री मिनेन्द्र रिजालले आफ्नो पदबाट राजीनामा दिएका छन्। बिहीबार रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्।
कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि उनले राजीनामा दिएका हुन् । कांग्रेसको महामन्त्रीको मतगणना सकिएलगत्तै प्रधानमन्त्री देउवालाई भेटेर उनले राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाट राजीनामा दिएको उनले बताए। उनी ६ जना प्रतिस्पर्धीमा पाँचौँ नम्बरमा थिए। महामन्त्रीमा रिजालले ८०९ मत पाएका छन्।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved