बुद्ध एयरको जहाजमा समस्या आएपछि आपत्कालीन अवतरण

नेपालभ्युज

बुद्ध एयरको जहाजमा समस्या आएपछि आपत्कालीन अवतरण
फाइल तस्वीर

काठमाडौँ। भरतपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि आपत्कालीन अवतरण गरिएको छ।

भरतपुरबाट उडान भरेको केहीबेरमै बायाँ इन्जिनमा प्राविधिक समस्या भएपछि फेरि भरतपुरमै स–कुशल अवतरण गरिएको हो।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार दिउँसो सवा एकबजे आकाशमा उड्नेबित्तिकै समस्या आयो।

नाइन एन एईईको उडान नम्बर ३६० जहाजमा प्राविधिक समस्या देखिएको हो।

समस्यापछि १९ यात्रु र ३ जना विमान क्रु रहेको जहाजमा तत्काल भरतपुरमा अवतरण गरिएको हो। जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन्। यात्रुलार्ई काठमाडौं ल्याउने तयारी भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved