राजासँग कुनै सहमति भएको थिएन : प्रचण्ड

नेपालभ्युज

राजासँग कुनै सहमति भएको थिएन : प्रचण्ड
तस्वीरः रासस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजासँग आफ्नो कुनै सहमति नभएको दाबी गरेका छन्। ”दलाल, पुँजपति र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी ओली झुठ, बेइमानी र धोकाको अर्को नामलाई उनको हालैको अभिव्यक्तिबाट पुन: प्रमाणित गरेका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्‍ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनीतिक चरित्रमात्र प्रदशर्न गरेका छन्। म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्‍न चुनौती दिन्छु”, प्रचण्डले विज्ञप्ति जारी गर्दै भनेका छन्।

यसअघि एमालेका ४४ जना मनोनित सदस्यहरुको शपथका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्डसँग सहमति गरेरै राजाले १९ माघ, २०६० मा ‘कू’ गरेको आरोप लगाएका थिए।

पढ्नुस् प्रचण्डको विज्ञप्ति :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved