काठमाडौं। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले निकट भविष्यमा पार्टीको नेतृत्वमा महिला आउने बताएकी छिन्। कांग्रेसको उपसभापतिमा भर्खरै पराजित भएकी नेत्री कोइरालाले आज एक विज्ञप्ति जारी गरी देशको कुना काप्चाबाट पार्टीको महाधिवेशनमा सहभागी भएका महिला प्रतिनिधिको मुहारमा आशा र उत्साह देखिएको बताइन्।
“कांग्रेस पार्टी र राज्यका हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैले उठाएको मुद्दाले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा स्थान पाएको छ”, विज्ञप्तिमा भनिएको छ ।
नेत्री कोइरालाले भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिबद्ध भई समानताको सङ्घर्षमा अविचलित रही अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छिन् । नेतृ सुजाताले पार्टी र देशमा सहमति, सहकार्य र एकताको खाँचो रहेको बताइन्। उनले उपसभापतिमा विजयी भएका पूर्णबहादुर खड्का र धनराज गुरुङलाई बधाई दिएकी छिन्।
Facebook Comment
Comment