नेपाली कांग्रेसको १४ औं महाधिवशेन

उपसभापति मतगणना : उल्टियो अवस्था, पूर्णबहादुर खड्काको अग्रता

नेपालभ्युज

उपसभापति मतगणना : उल्टियो अवस्था, पूर्णबहादुर खड्काको अग्रता

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उपसभापतिका लागि भएको निर्वाचनको जारी मतगणना जारी छ। मतपरिणामको पछिल्लो विवरणअनुसार धनराज गुरुको अग्रता उल्टिएको छ। ३५ सय ५८ मत गणना हुँदा पूर्णबहादुर खड्काले अग्रता बनाएका छन्। उनको १६ सय ३४ मत आएको छ।

त्यस्तै विजय गच्छदार दोस्रो स्थानमा छन्। उनले १४ सय ४३ मत पाएका छन्। गुरुङ भने तेस्रो स्थानमा झरेका छन्। उनले १४३७ मत पाएका छन्। त्यसैगरी डा‍ चन्द्र भण्डारीले १२५७ मत पाउँदा महेश आचार्य भने ४१३ मतमा सीमित छन्। सुजता कोइरालाले ४३८ र दिव्यश्वरी शाहले ११७ मत पाएकी छन्।

उपसभापतिका दुई महिला उम्मेदवार सुजाता कोइराला र दिव्यश्वरी शाहको भने निकै कम मत आएको छ। उनीहरू दुवै जना यस दौडबाट लगभग बाहिरिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved