‘देउवाले सत्ता र शक्तिको दुरुपयोग गरे, नत्र हामीले जितिसकेका थियौं’

नेपालभ्युज

‘देउवाले सत्ता र शक्तिको दुरुपयोग गरे, नत्र हामीले जितिसकेका थियौं’
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन उपसभापतिका उम्मेदवार डा चन्द्र भण्डारीले सभापतिका लागि भएको निर्वाचनमा शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन्। डा भण्डारी डा शेखर कोइराला प्यानलबाट उपभासभापतिका उम्मेदवार हुन्।

आफ्ना पक्षमा मतदानलाई धन्यवाद दिन आयोजित कार्यक्रममा भण्डारीले भने, “निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग हुँदैनथ्यो भने अहिले हामी जितिसकेका हुने थियौं।” आफूहरूको अभियान पार्टी सुधार्ने भएकाले पार्टी सुध्रिए राजनीति सुध्रिने र राजनीति सुध्रिए देशमा राम्रो नेतृत्व आउने उनले बताए।

सत्ता र शक्तिकै निम्ति प्रकाशमान सिंह, विमलेन्द्र निधिले पनि सभापतिका लागि भएको दोश्रो चरणको निर्वाचनमा देउवालाई साथ दिएका उनको आरोप थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved