मैले देउवालाई भोट हालिनँ, तर सम्पूर्ण सहयोग रहन्छ : गगन थापा

उनले भने, ‘‘हामी रामचन्द्र दाइको कोठामा बसिरहँदा देउवाले पार्टी कार्यालयमा गुटको बैठक चलाउँथे। अब पार्टी सभापतिको गुट हुनु हुँदैन र हुनुहुन्न पनि। देउवालाई गुट भन्दामाथि उठ्न दबाब दिनुपर्छ।”

नेपालभ्युज

काठमाडौं। कांग्रेसको १४ औँ महाधिवेशनका महामन्त्रीका उम्मेदवार गगन थापाले सभापति शेरबहादुर देउवालाई समर्थन र सम्पूर्ण सहयोग गर्ने बताएका छन्। सभापतिको मतगणनापछि शेखर कोइरालाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अब देउवा कांग्रेसको सभापति भएकाले सहयोग गर्ने बताए।

‘‘मैले दुवै महाधिवेशनमा भोट हालिनँ, तर देउवा अब हाम्रो सभापति हो। पार्टीलाई अग्लो र फराकिलो बनाउनका लागि उहाँसँग सहकार्य र सम्पूर्ण सहयोग गर्छौं, जहाँनेर चुक्नुहुन्छ संषर्ष गर्छौं र यसरी यात्रा बढाएर जान्छौं,” उनले भने।

नले निर्वाचनमा जाँदा समूह बन्नु अनौठो नभएको तर निर्वाचनपछि निर्वाचितले गुट छाड्नुपर्ने र अरुले सहयोग गर्नुपर्ने बताए।

‘‘अब देउवाले बालुवाटार र बूढानीलकण्ठमा गुटको बैठक राख्नु हुँदैन”, उनले भने, ‘‘हामी रामचन्द्र दाइको कोठामा बसिरहँदा देउवाले पार्टी कार्यालयमा गुटको बैठक चलाउँथे। अब पार्टी सभापतिको गुट हुनु हुँदैन र हुनुहुन्न पनि। देउवालाई गुट भन्दामाथि उठ्न दबाब दिनुपर्छ।”

आफूहरू नेतृत्व परिवर्तनका लागि उम्मेदवार बदलेर भए पनि नेतृत्व बदल्नुपर्छ भन्ने निष्कर्षसहित अन्तिम समयसम्म लागिपरेको उनको भनाइ थियो। सबै एक ठाउँमा उभिनुपर्ने निष्कर्ष निकाले पनि अन्तिम समयमा असहयोग भएको भनाइ उनको थियो।

प्रकाशमान सिंहलाई लक्षित गर्दै उनले भने, ‘‘एउटा प्रश्न सँधै रहन्छ, अघिल्लो मध्यरातसम्म नेतृत्व परिवर्तन नभए कांग्रेस प्रजापरिषद् बन्छ भन्ने र एकाबिहानै यही नेतृत्व नभए बर्बाद हुन्छ भन्ने? ६ घण्टाभित्र के भयो भनेर प्रश्न रहन्छ।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved