हामी संख्यामा भाग खोज्दैनौं, विचारमा प्रतिनिधित्व हुनुपर्छ : रिजाल

नेपालभ्युज

हामी संख्यामा भाग खोज्दैनौं, विचारमा प्रतिनिधित्व हुनुपर्छ : रिजाल

काठमाडौं। नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले महाधिवेशनपछि अब कांग्रेसलाई एकतावद्ध बनाएर जानुपर्ने बताएका छन्।

निर्वाचनपछि शेखर कोइरालाले गरेको पत्रकार सम्मेलनमा सभामुखमा पुन: शेरबहादुर देउवालाई निर्वाचित गरेर नागरिकले ठूलो आशा राखेकोमा भागबण्डारहित एकतावद्ध कांग्रेस बनाएर जानुपर्ने बताएका हुन्।

उनले विचारमा प्रतिनिधित्व नभएसम्म कांग्रेस, कांग्रेस नरहने उनले बताए। जित र हार महत्वपूर्ण नभएर कांग्रेसको अनुहार कस्तो हुनुपर्छ भन्ने महत्वपूर्ण भएकाले शेखर कोइरालाले पाएको मतले नयाँ कांग्रेस बनाउनुपर्ने, जनताको बीचमा उभिएर फेरि आशा जगाउनुपर्ने जिम्मेवारी शेरबहादुर देउवाको काँधमा थपिएको उनको भनाइ थियो।

‘‘देउवा एक्लै विजय होइन, परिवर्तनको जिम्मासहितको विजयी भएको र अब संख्याको भागबण्डा पनि विचारको प्रतिनिधित्व हुनुपर्छ,” उनले भने।

शेखरको मत देउवालाई सम्झाइराख्ने बलियो आधार र घण्टी भएकाले देशलाई अगाडि बढाएर लाने प्रतिवद्धतासहित जानुपर्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved