कांग्रेस महाधिवेशन : ५ बजेबाट मतगणना शुरु हुने

नेपालभ्युज

कांग्रेस महाधिवेशन : ५ बजेबाट मतगणना शुरु हुने

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्। अन्य पदाधिकारीहरुको मतगणना आज साँझ ५ बजेबाट शुरु हुने निर्वाचन समितिका सचिव केशव रिजालले नेपाल भ्युजलाई जानकारी दिएका छन्।

कांग्रेसमा उपसभापति पदमा विजय गच्छेदार, पूर्णबहादुर खड्का, चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला, दिव्यश्वरी साह, महेश आचार्य उम्मेदवार छन्।
त्यसैगरी महामन्त्रीमा प्रकाशशरण महत, प्रदीप पौडेल, गगन थापा, मिनेन्द्र रिजाल,विश्वप्रकाश शर्मा र राजाराम कार्की उम्मेदवार छन्।

यस महाधिवेशनबाट आठजना सह–महामन्त्री तथा १ सय २१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। सबै पदमा निर्वाचन सम्पन्न भइसकेको भएपनि सभापतिबाहेक अन्य कसैको मतगणना शुरु गरिएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved