माविको शिक्षक आवेदन शुल्क नै पाँच हजार

नेपालभ्युज

माविको शिक्षक आवेदन शुल्क नै पाँच हजार

काठमाडौं । जुम्लाको एक विद्यालयले करार सम्झौताका लागि शिक्षक आवेदनमा चर्को शुल्क राखेको पाइएको छ।

जुम्ला तिला गाउँपालिका-३ मा रहेको सरस्वती प्राविधिक माध्यमिक विद्यालयले विभिन्न ६ ओटा विषयमा शिक्षक पदपूर्तिको आवेदन मागेको छ। जहाँ माध्यमिक तहको हकमा एक विज्ञापनका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ। त्यस्तै प्राविधिक धार सहायक शिक्षकका लागि भने ४ हजार रुपैयाँ तोकिएको छ।

गत २४ मंसीरमा खुलाइएको पदपूर्तिको म्याद यही ९ पुससम्मको लागि तोकिएको छ। लिखित र अन्तर्वार्ताको माध्यमबाट परीक्षा लिने जनाइएको पदपूर्ति सूचनामा मावि तृतीय नेपाली, मावि द्वितीय लेखा व्यवस्थापन, प्राविधिक धारतर्फ कृषिका तीन जना र निम्न माध्यमिक तहको विज्ञान विषयका लागि १ जना उल्लेख गरिएको छ।

विद्यालयका प्रधानाध्यापक रामविलास यादवले भने विद्यालयको अवस्था जर्जर भएकाले बाध्य भएकाले चर्को शुल्क लिनुपरेको बताएका छन्। प्रशिक्षार्थीलाई खान बस्नका लागि कुनै पनि व्यवस्था नभएकाले शिक्षकबाटै रकम असुल्नुपरेको उनले बताए। विद्यालयमा खानेपानीको समेत अभाव भएको उनले बताए।

विद्यालयका प्रधानाध्यापक यादव र तिला गाउँपालिकाका अध्यक्षबीच शिक्षक दरबन्दीको विषयम कुरा नमिल्दा यस विद्यालयमा पठनपाठनमा समस्या हुन पुगेको थियो।खाली दरबन्दीमा शिक्षक पदपूर्तिका लागि गाउँपालिका र समन्वय इकाइमा धेरै पटक धाए पनि विद्यालयको समस्याले निकास पाउन सकेको थिए। यस्तोमा विद्यालय आफैंले शिक्षक दरबन्दीको आवेदन खुलाएको थियो।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved