‘पीएसजीको एक मात्र उद्देश्य जित हुनेछ’

नेपालभ्युज

‘पीएसजीको एक मात्र उद्देश्य जित हुनेछ’

काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) ले जारी च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्दै छ। लिगको अन्तिम १६ मा म्यानचेस्टर युनाइटेडको सामना गर्ने भनिएको थियो, तर ड्र गलत भएको भन्दै यूइएफले उनीहरूलाई रियल म्याड्रिडसँग भेट गराएको हो।

यसले फ्यानहरूलाई अर्को पटक लियोनेल मेस्सीविरुद्ध क्रिस्टियानो रोनाल्डो भिडन्त हेर्ने मौका गुमाएका छन्।

यसैबीच पीएसजीका मुख्य खेलाडी मेस्सीले रियल मड्रिडसँगको भेटबारे बोलेका छन्। उनले पीएसजीको एक मात्र उद्देश्य जित भएको बताएका छन्। उनले भनेका छन्, “पीएसजीको उद्देश्य च्याम्पियन्स लिग जित्नु हो, यो सबैको लक्ष्य हो।”

पीएसजी र रियलले लिगमा फेब्रअरी १५ को राति अन्तिम १६ को पहिलो खेल खेल्दै छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved