नेपाली कांग्रेसको १४ औं महाधिवशेन

२२ सय मतगणना : ४१२ मतले पछि परे कोइराला

नेपालभ्युज

२२ सय मतगणना : ४१२ मतले पछि परे कोइराला

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतगणना जारी छ। अहिले सवा ११ बजेदेखि मतगणना शुरु भएको हो। मतगणनाको पछिल्लो नतिजाअनुसार शुरुदेखि अग्रता कायमै राखेका शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्।

पछिल्लो विवरणअनुसार २२ सय मतगणना गर्दा देउवाले १२ सय ९५ मत पाएका छन् भने डा शेखर कोइराला निकै पछि पर्न थालेका छन्। उनले मात्र ८८२ मत पाएका छन्।

यसैबीच मतदानस्थल बाहिर देउवाको पक्षमा नारा लाग्न थालेको छ। नेता तथा कार्यकर्ताको उपस्थिति बढ्न थालेको छ। देउवाको पक्षमा रौनकता बढ्न थालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved