कांग्रेस सभापति मतगणना अपडेट : ३०० बढी मतले पछि परे कोइराला

नेपालभ्युज

कांग्रेस सभापति मतगणना अपडेट : ३०० बढी मतले पछि परे कोइराला

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतगणना जारी छ। अहिले सवा ११ बजेदेखि मतगणना शुरु भएको हो। मतगणनाको पछिल्लो नतिजाअनुसार शुरुदेखि अग्रता कायमै राखेका शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्।

पछिल्लो विवरणअनुसार १७ सय मत गणना गर्दा देउवाले ९९२ मत पाएका छन् भने डा शेखर कोइराला निकै पछि पर्न थालेका छन्। उनले मात्र ६८९ मत पाएका छन्।

निर्वाचनमा चार हजार चार सयभन्दा बढी मत खसेको छ। हरेक टोलीलाई करिब १५ सय मत गणना गर्ने जिम्मा दिइने महाधिवेशन निर्वाचन समितले जनाएको छ। यसरी १ घण्टामा ४ सय मत गणना हुने समितिको अनुमान छ। यो हिसाबले करिब तीन ओटा टोलीले घण्टामा १२ सय मत गणना गर्ने समितिको अनुमान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved