कांग्रेस सभापति मतगणना अपडेट : २३४ मतले पछि परे कोइराला

नेपालभ्युज

कांग्रेस सभापति मतगणना अपडेट : २३४ मतले पछि परे कोइराला

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतगणना जारी छ। अहिले सवा ११ बजेदेखि मतगणना शुरु भएको हो। मतगणनाको पछिल्लो नतिजाअनुसार शुरुदेखि अग्रता कायमै राखेका शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्।

पछिल्लो विवरणअनुसार १३ सय मत गणना गर्दा देउवाले ७६१ मत पाएका छन् भने डा शेखर कोइराला निकै पछि पर्न थालेका छन्। उनले मात्र ५२७ मत पाएका छन्। यस्तै १२ मत भने बदर भएको छ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा यी दुईबीच मतदान भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved