नेपाली कांग्रेसको १४ औं महाधिवशेन

मतगणना शुरु : तीन ओटा टोलीले मत गन्दै, चार घण्टामा सक्ने !

नेपालभ्युज

मतगणना शुरु : तीन ओटा टोलीले मत गन्दै, चार घण्टामा सक्ने !
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदानको मतगणना शुरु भएको छ। राष्ट्रिय सभागृहभित्र तीन ठाउँमा मत गन्ने काम शुरु भएको छ।

राति सवा ११ बजेतिर मतगणना शुरु भएको हो।

निर्वाचनमा चार हजार चार सयभन्दा बढी मत खसेको छ। हरेक टोलीलाई करिब १५ सय मत गणना गर्ने जिम्मा दिइने महाधिवेशन निर्वाचन समितले जनाएको छ। यसरी १ घण्टामा ४ सय मत गणना हुने समितिको अनुमान छ। यो हिसाबले करिब तीन ओटा टोलीले घण्टामा १२ सय मत गणना हुने समितिको अनुमान छ।

‍जसअनुसार ४ घण्टामा तीन ओटै टोलीले मत गनेर सक्ने समितिले जनाएको छ।

मंगलबार दिउँसो साढे ३ बजेदेखि मतदान शुरु भएको हो। सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved