महाधिवेशनमा खटिएका सुरक्षाकर्मी भन्छन् : शौचालयसमेत जान पाइँदैन

नेपालभ्युज

महाधिवेशनमा खटिएका सुरक्षाकर्मी भन्छन् : शौचालयसमेत जान पाइँदैन

काठमाडौं। नेपाली कांग्रेस महाधिवेशनमा बिहानदेखि बेलुकासम्म एउटै सुरक्षा टोली खटाइएको छ। पर्याप्त जनक्ति नखटाइँदा सुरक्षा व्यवस्थामा समेत असर पर्ने देखिएको छ।

महाधिवेशनस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएका छन्। महानगरिय प्रहरी परिसर काठमाडौंको दंगा नियन्त्रण टोली पनि खटिएका छन्।

तर दरबन्दी पर्याप्त जनक्ति नहुँदा उनीहरू २४ सै घण्टासम्म खटिनुपरेको अवस्था आएको छ। बिहानदेखि मध्यरातसम्म एउटै टोली खटिँदा उनीहरूमा थकान बढिरहेको देखिएको छ। महाधिवेशनअन्तर्गत मंगलबार राति सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचन सकिएपछि कार्यस्थल (राष्ट्रिय सभा गृह) मा भेटिएका एक सुरक्षाकर्मीले भोकै प्यासै र अनिँदो भएर सुरक्षामा खटिनुपर्ने बाध्यता भएको बताए।

कतिपयले भने त समयमै शौचालय जानसमेत नपाएको गुनासो गरे।

महाधिवेशनअन्तर्गत पहिलो दिन तीन हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो। अहिले भने मतदानस्थललाई केन्द्रमा पारेर सुरक्षाकर्मी खटाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved