काठमाडौं । नेपाली कांग्रेसका नेता तथा महामन्त्री पदका प्रत्यासी प्रकाशशरण महतले शेरबहादुर देउवाले सभापतिमा जित हासिल गर्ने दाबी गरेका छन्।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिपछि उनले यस्तो बताएका हुन्।
देउवाले चुनाव जित्ने र उनले साथै शेखर कोइरालालगायत सबैलाई मिलाएर लैजाने विश्वास दिलाए। आगामी तीनै तहको चुनाव देउवाको नेतृत्वमा जाने वातावरण बनेको र कांग्रेस पहिलो दल बन्ने पनि उनले आशा व्यक्त गरे।
निर्वाचन अहिले केहीबेर अघि सकिएको छ। निर्वाचनमा चार हजार चार सयभन्दा बढी मत खसेको छ।
निर्वाचनपछि अहले राष्ट्रिय सभागृहमा अहिले मुचुल्का उठाउने काम भइरहेको छ। यसअघि भएको चुनावमा कूल ४ हजार ६ सय ८१ मत खसेको थियो।
मंगलबार साढे ३ बजेदेखि शुरु मतदान राति ९ बजेपछि सकिएको हो। सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदै छ।
Facebook Comment
Comment