कांग्रेस महाधिवेशन

एक हजार तीन सय मत खस्यो

दिउँसो साढे तीन बजेदेखि जारी मतदानमा अहिलेसम्म १ हजार तीन सय मत खसिसकेको छ।

नेपालभ्युज

एक हजार तीन सय मत खस्यो

काठमाडौँ। नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान भइरहेको छ। दिउँसो साढे तीन बजेदेखि जारी मतदानमा अहिलेसम्म १ हजार तीन सय मत खसिसकेको छ।

मतदान बेलुका साढे सात बजेसम्म चल्नेछ। मतदानका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि लाइनमा छन्।

निर्वाचन समितिका सदस्य तेजबहादुर रावलका अनुसार एक जना मतदाताले बढीमा ५ मिनेट भित्र मतदान गरेर फर्किरहेका छन्। पहिलो चरणमा टुङ्गो नलागेपछि सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइराला दोस्रो चरणमा प्रतिस्पर्धामा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved