सबैले साथ छोडे पनि उच्च मनोबलका साथ भोट माग्दै कोइराला

मतदातालाई उनी भनिरहेका छन्– ‘मैले जित्ने निश्चित छ। आफ्नो विवेक प्रयोग गर्नुस्, आफ्नो अन्तर आत्माले के भन्छ, त्यसमा भोट हाल्नुस्।’’

नेपालभ्युज

सबैले साथ छोडे पनि उच्च मनोबलका साथ भोट माग्दै कोइराला

काठमाडौँ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणको मतदानको शुरु भएको छ।

सभापतिका प्रत्याशी शेरबहादुर देउवालाई दोस्रो चरणको मतदानमा विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले समर्थन गरेपछि डा शेखर कोइराला भने एक्लै मैदानमा छन्।

यसअघि भएको चुनावमा पाँच उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत नपाएपछि दोस्रो चरणको मतदान हुन लागेको हो। विधान अनुसार धेरै मत पाउने दुई जनाले अर्को चरणमा प्रतिस्पर्धा गर्ने छन्।

सोही प्रत्याशीहरू निवर्तमान देउवा र नेता कोइरालाबीच प्रतिस्पर्धा भएको हो। सभापतिको दौडबाट बाहिरिएका विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले भने देउवालाई सघाएका छन्। उनीहरूले देउवाको पक्षमा मत मागिरहेका छन्।

यता डा कोइराला जित्ने अठोटका साथ एक्लै होमिएका छन्। दोस्रो चरणको चुनावमा मतदानको लागि पालो कुरेर मतदाता लाइनमा बसेका छन्। त्यही लाइनमा डा कोइराला र उनी निकट नेताहरू भोट माग्न आइपुगेका छन्।

मतदातालाई उनी भनिरहेका छन्– ‘मैले जित्ने निश्चित छ। आफ्नो विवेक प्रयोग गर्नुस्, आफ्नो अन्तर आत्माले के भन्छ, त्यसमा भोट हाल्नुस्।’’


Comment

One thought on “सबैले साथ छोडे पनि उच्च मनोबलका साथ भोट माग्दै कोइराला

Leave a Reply to Sharada Pandey Siwakoti Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved