काठमाडौं । मंगलबार बसेको संसदको यस वर्षको हिउँदे अधिवेशनको पहिलो बैठक नेकपा (एमाले) ले अवरोध गरेको छ।
आफूले कारबाही गरेका १४ जना सांसदलाई कारबाही माग गर्दै आइरहेको छ। ती सांसहरूलाई कारबाही नगरेसम्म संसद् चल्न नदिने अडान लिइरहेको छ। जसअनुसार आज पनि संसद् चल्न दिएन।
ती १४ जना सांसादलाई कारबाही गरिएको सूचना सभामुखले नटाँसेको भन्दै त्यसको विरोधमा एमालेले अघिल्लो अधिवेशनदेखि अवरोध सिर्जना गरिरहेको छ।
संघीय संसदको बैठक बस्नुअघि रणनीति बनाउन मंगलबार बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्षसमेत रहेका ओलीले सत्तारुढ गठबन्धनले विदेशीको रणनीतिअनुसार देशमा अस्थिरता जारी गर्न खोजेको आरोप लगाएका थिए। उक्त बैठकमा आजबाट चल्ने संसदको हिउँदेमा अवरोध गर्न ओलीले सांसदहरूलाई निर्देशन नै दिएका थिए।
एमालेमाथि सभामुखले अपराध गरेको ओलीको ठहर थियो।
Facebook Comment
Comment