हृदयेश त्रिपाठीले खोले नयाँ पार्टी

नेपालभ्युज

हृदयेश त्रिपाठीले खोले नयाँ पार्टी

काठमाडौं । हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन्। मंगलबार (आज) राजधानीमा एक कार्यक्रम आयोजना गरेर त्रिपाठीले ‘जनता प्रगतिशील नेपाल’ नामक पार्टी घोषणा गरेका हुन्।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा नेकपा एमालेको ‘सूर्य’ चिह्नबाट चुनाव जितेको छ। उनी तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र रूपमा राजनीति गर्दै आएका थिए।

त्रिपाठी ओली नेतृत्वको सरकारमा स्थानीय विकास र स्वास्थ्य मन्त्रीसमेत भएका थिए। सद्भावना पार्टीबाट लामो समय राजनीति गरेका त्रिपाठी पनि कम्युनिष्ट विधारधाराबाट प्रभावित नेतामा पर्छन्।

तत्कालीन मधेशी मोर्चामा आबद्ध ६ ओटा दलहरू एकीकृत भई राष्ट्रिय जनता पार्टी (राजपा) बनेपछि त्यसबाट टाढिएका त्रिपाठी त्यसपछि तत्कालीन नेकपामा जाने चर्चा थियो। तर उनी गएनन्। सहकार्य गरेर केपी ओली सरकारमा सहभागी भने भएका थिए। सरकारमा सहभागी हुँदादेखि नै नयाँ पार्टी खोल्ने त्रिपाठीको चर्चा भए पनि त्यो हुन सकेको थिएन।

सद्भावना पार्टी परित्याग गरी त्रिपाठी ०६४ सालमा महन्थ ठाकुरले गठन गरेको तराई-मधेश लोकतान्त्रिक पार्टीमा लागेका थिए। तत्कालीन तमलोपाका उनी वरिष्ठ उपाध्यक्ष थिए। तमलोपा मधेशी मोर्चामा आबद्ध दलहरूसँग एकीकरण गरे राजपा बनाएपछि उनले आफूभन्दा कनिष्ठ नेतामातहत काम गर्न नसकिने भन्दै राजपा परित्याग गरेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved