कांग्रेस १४ औँ महाधिवेशन

दोस्रो चरणको निर्वाचन आजै दिउँसो साढे तीनदेखि साढे सात बजेसम्म

अब दोस्रो चरणको चुनावमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ। जसमा सिंह र निधि समूह निर्णयक रहनेछन्।

नेपालभ्युज

दोस्रो चरणको निर्वाचन आजै दिउँसो साढे तीनदेखि साढे सात बजेसम्म

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको निर्वाचन आज दिउँसो साढे तीन बजेदेखि साँझ साढे सात बजेसम्म हुने भएको छ।

कांग्रेस निर्वाचन समितिको केहीबेर अघि बसेको बैठकले आजै दिउँसो साढे तीन बजेदेखि दोस्रो चरणको चुनाव गर्ने बताएको हो।

पहिलो चरणको निर्वाचनमा सभापतिका प्रतिस्पर्धी पाँच जनामध्ये कसैले पनि बहुमत नल्याएपछि दोस्रो चरणको चुनाव हुन लागेको हो।

पहिलो चरणमा सभापति पदका प्रत्याशी शेरबहादुर देउवाले २२५८ मत ल्याउँदा अर्का प्रत्याशी डा शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका थिए।

राष्ट्रिय सभागृहमा भएको मतगणनामा अन्य प्रत्याशीहरु प्रकाशमान सिंहले ३७१ मत, विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २० मत पाएका निर्वाचन समितिले जनाएको छ।

अब दोस्रो चरणको चुनावमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ। जसमा सिंह र निधि समूह निर्णयक रहनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved