कांग्रेस १४ औँ महाधिवेशन

दोस्रो चरणमा सिंहसँग सहयोग माग्न देउवा पुगे चाक्सीबारी

पहिलो चरणको निर्वाचनमा सभापतिमा तेस्रो मत ल्याएका सिंहलाई दोस्रो चरणमा आफूलाई सहयोग गर्न भन्नका लागि प्रधानमन्त्री देउवा चाक्सीबारी पुगेका हुन्।

नेपालभ्युज

दोस्रो चरणमा सिंहसँग सहयोग माग्न देउवा पुगे चाक्सीबारी

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति छान्नका लागि हुन लागेको दोस्रो चरणको निर्वाचनमा सहयोगको आग्रह गर्न प्रधानमन्त्री शेरबहादुर देउवा प्रकाशमान सिंह निवास चाक्सीबारी पुगेका छन्।

पहिलो चरणको निर्वाचनमा सभापतिमा तेस्रो मत ल्याएका सिंहलाई दोस्रो चरणमा आफूलाई सहयोग गर्न भन्नका लागि प्रधानमन्त्री देउवा चाक्सीबारी पुगेका हुन्।

पहिलो चरणमा विजेता बन्नका लागि देउवालाई ८८ मत कम भएको थियो। उनका निकटतम प्रतिद्वन्द्वीका रुपमा शेखर कोइराला रहेका छन्। अब दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ।

दोस्रो चरणमा सभापतिमा तेस्रो र चौंथो मत ल्याएका सिंह र विमलेन्द्र निधिले जसलाई सघाउँछन्, उही विजेता बन्ने अवस्था छ। यस्तोमा देउवाले सिंहलाई फकाउने प्रयास गरेका हुन्।

देउवाले सिंहलाई फकाउन मतपरिणाम घोषणा नहुँदै विश्वासपात्र गृहमन्त्री बालकृष्ण खाँडलाई चाक्सीबारी पठाएका थिए। त्यसपछि आफै पुगेका हुन्।

यसअघि, देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलले लैनचौरमा महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका थिए। जहाँ कार्यकर्ताले उनको विरोधमा नारा लगाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved