कांग्रेस सभापतिको चुनाव

देउवालाई ८२ मत पुगेन, ७७ मत बदर

दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइराला भिड्नेछन्।

नेपालभ्युज

देउवालाई ८२ मत पुगेन, ७७ मत बदर

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदमा भएको निर्वाचनमा पहिलो चरणमा कुनै उम्मेदवार जितेनन्।

सभापति पदका प्रत्याशी मध्ये सबैभन्दा बढी मत ल्याएका प्रधानमन्त्री शेरबहादुर देउवाले २ हजार २५८ मत ल्याए। उनका निकट प्रतिस्पर्धी डा. शेखर कोइरालाले १ हजार ७२९ मत ल्याए।

बिहान चार बजेपछि शुरु भएको मतगणना सकिँदा सभापति पदका प्रत्याशी मध्ये कसैले पनि कहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव हुने भएको छ।

दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइराला भिड्नेछन्।

राष्ट्रिय सभागृहमा भएको पहिलो चरणको मतगणनामा सभापतिका अन्य प्रत्याशीहरु प्रकाशमान सिंहले ३७१ मत, विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २० मत पाएका निर्वाचन समितिले जनाएको छ।

समितिका अनुसार कुल ७७ मत बदर भएको छ। चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये ६४ जना प्रतिनिधिले मतदानमा भाग लिएनन्। चार हजार ६७९ जना प्रतिनिधिले मात्रै मतदान गरे।

अन्तिम मतपरिणाम अनुसार देउवालाई पहिलो चरणमै सभापति बन्नका लागि ८२ मत पुगेन। निर्वाचन समितिका अनुसार ६४ प्रतिनिधिले मतदान गरेनन्। यस्तै, ७७ मत बदर भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved