कांग्रेस १४ औँ महाधिवेशन

मतगणना अपडेट: ३२८२ मत गन्दा देउवा १५५६, शेखरको ११९७

राष्ट्रिय सभागृहमा जारी मतगणनामा अन्य प्रत्याशीहरु प्रकाशमान सिंहले २५७ मत, विमलेन्द्र निधिले २०१ मत र कल्याण गुरुङले १७ मत पाएका निर्वाचन समितिले जनाएको छ।

नेपाल भ्यूज

मतगणना अपडेट: ३२८२ मत गन्दा देउवा १५५६, शेखरको ११९७

काठमाडौं। सत्तारूढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ।

बिहान चार बजेपछि शुरु भएको मतगणनामा अहिलेसम्म तीन हजार ७७ मत गनिसकिएको छ। जारी मतगणनामा सभापति पदका प्रत्याशी शेरबहादुर देउवाले १५५६ मत ल्याउँदा अर्का प्रत्याशी डा शेखर कोइरालाले ११९७ मत प्राप्त गरेका छन्।

राष्ट्रिय सभागृहमा जारी मतगणनामा अन्य प्रत्याशीहरु प्रकाशमान सिंहले २५७ मत, विमलेन्द्र निधिले २०१ मत र कल्याण गुरुङले १७ मत पाएका निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको नयाँ नेतृत्व छान्नका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि चुनिएका थिए। जसमध्ये ६४ जना प्रतिनिधिले मतदानमा भाग लिएनन्। चार हजार ६७९ जना प्रतिनिधिले मात्रै मतदान गरे।

कांग्रेसको मतदान गएराति ११ बजे सकिएको थियो। तोकिएको समयमा मतदान नसकिएपछि निर्वाचन समितिले पटकपटक समय थप गर्दा मतदान प्रक्रिया रातिसम्म लम्बिएको थियो।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved