कांग्रेस १४ औँ महाधिवेशन

१७ सय मत गणना, मतान्तर बढाउँदै देउवा

राष्ट्रिय सभागृहमा जारी मतगणनामा अन्य प्रत्याशीहरु प्रकाशमान सिंहले १४९ मत, विमलेन्द्र निधिले ९७ मत र कल्याण गुरुङले ६ मत पाएका निर्वाचन समितिले जनाएकाे छ।

नेपालभ्युज

१७ सय मत गणना, मतान्तर बढाउँदै देउवा

काठमाडौं। सत्तारूढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ।

बिहान चार बजेपछि शुरु भएको मतगणनामा अहिलेसम्म एक हजार ७०० मत गनिसकिएको छ। जारी मतगणनामा सभापति पदका प्रत्याशी शेरबहादुर देउवाले ८११ मत ल्याउँदा अर्का प्रत्याशी डा. शेखर कोइरालाले ६२५ मत प्राप्त गरेका छन्।

राष्ट्रिय सभागृहमा जारी मतगणनामा अन्य प्रत्याशीहरु प्रकाशमान सिंहले १४९ मत, विमलेन्द्र निधिले ९७ मत र कल्याण गुरुङले ६ मत पाएका निर्वाचन समितिले जनाएकाे छ।
कांग्रेसको नयाँ नेतृत्व छान्नका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि चुनिएका थिए। जसमध्ये ६४ जना प्रतिनिधिले मतदानमा भाग लिएनन्। चार हजार ६७९ जना प्रतिनिधिले मात्रै मतदान गरे।

कांग्रेसको मतदान गएराति ११ बजे सकिएको थियो। तोकिएको समयमा मतदान नसकिएपछि निर्वाचन समितिले पटकपटक समय थप गर्दा मतदान प्रक्रिया रातिसम्म लम्बिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved