कांग्रेस महाधिवेशन : सकियो मतदान, मुचुल्का उठाउने काम शुरु

नेपालभ्युज

कांग्रेस महाधिवेशन : सकियो मतदान, मुचुल्का उठाउने काम शुरु

काठमाडौं । तेस्रो पटक थप गरेर पनि नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान बल्ल सकिएको थियो।

मतदान सकिएपछि अहिले मुचुल्का उठाउने काम भइरहेको छ। मतपेटिकाको सिलबन्दीको काम भइरहेको छ। यतिबेला भृकुटीमण्डपबाट राष्ट्रियसभागृहतर्फ मतपत्र लगिँदै छ।

निर्धारित समयभन्दा करिब साढे छ घण्टापछि मतदान सकिएको हो। त्यसअघि साँझ पाँच बजे मतदान सक्ने लक्ष्य लिइए पनि राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको थियो।

तर ९ बजेसम्म पनि मतदान नसकिएपछि फेर साढे १० बजे मतदान सक्ने भनी समय निर्धारण गरिएको थियो। तर फेरि पनि एक घण्टा समय थप गरी मतदानको समय लम्ब्याइर साढे ११ बजेसम्मका लागि पुर्‍याइएको थियो।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन निर्वाचन समितिले दिएको जानकारीअनुसार अहिले साढे ११ बजे भने मतदानको समय सकिएको जनाएको छ। समितिले लगभग मतदान सकिएको र भित्र रहेका मतदान गर्न छुटेकालाई मात्र मतदान गर्न दिने जनाइएको छ।

तर लाइनमा बसेकाहरूलाई मतदान गर्न भने दिइने निर्वाचन समितिले जनाएको छ।

अहिले राष्ट्रियसभा गृहको मतदाननस्थलमा बाक्लो मात्रामा कांग्रेस कार्यकर्ताका साथै सुरक्षाकर्मी परिचालन गरिएको छ। ड्युटीमा रहेका सुरक्षाकर्मीलाई खानाको व्यवस्था मिलाइएको र अन्य सुरक्षाकर्मी थपिएका छन्।

मतदान सकिएपछि हुने नाराबाजी र भीडभाड नियन्त्रण गर्न यतिबेला थप सुरक्षा मिलाइएको छ। मतदानस्थलमा नेताहरू आउने क्रम जारी छ। आजै मध्यरातिबाट मतगणना हुने समितिले जनाएको छ।

आज सभापतिको मात्र मतगणना हुने

मतदान सकिएपछि मतगणना आजै मध्यरातबाट शुरु गर्ने पनि तयारी गरिएको छ। मतदान सकिएसँगै मुचुल्का उठाउनेजस्ता काम सकिएपछि मत हालेर भरिएको ट्यांकीलाई मत गणनास्थलमा झारिनेछ र गणनाको काम थालिने निर्वाचन समितले जनाएको छ।

आज सभापतिको मात्र मतगणना हुने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved