पत्रकारका नाममा ठग्ने कार्की पक्राउ

नेपालभ्युज

पत्रकारका नाममा ठग्ने कार्की पक्राउ
सांकेतिक तस्वीर

काठमाडौँ। आफूलाई भारतीय जी टिभीको पत्रकार बताउने एन्जीना कार्की ठगी आरोपमा पक्राउ परेकी छन् । सहकारीलाई ब्ल्याकमेलिङ गरेर रकम असुल गरेको आरोपमा कार्कीलाई वसन्तपुरबाट महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको हो।

उनलाई प्रहरी प्रभाग सोह्रखुट्टेमा राखिएको उनले जानकारी दिए

जनसेवाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले एन्जिना कार्की कार्कीमाथि सहकारीलगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको जानकारी दिए ।

कार्कीले पत्रकारका नाममा धम्क्याएर रकम मागेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सो ठगी प्रकणमा अरू पनि संलग्न रहेको हुन सक्ने आशंका गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved