होन्डाकी ग्राहक श्रेष्ठले जितिन् १५ लाख रूपैयाँ

योजनामा एसटी अटो, लुम्बिनीकी सहभागी सावित्रा श्रेष्ठले १५ लाख रुपैयाँ नगद प्राप्त गरेकी छन्।

नेपालभ्युज

होन्डाकी ग्राहक श्रेष्ठले जितिन् १५ लाख रूपैयाँ

काठमाडौं। नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले आफ्नो दशैं तथा तिहार स्किम ‘होण्डाको साथ ७’को विजेताहरु घोषित गरेको छ।

उक्त योजनामा स्क्रयच कुपनमार्फत सात प्रदेशबाट भाग्यसाली सात जनाले एक लाख रुपैयाँ नगद उपहार तथा बम्परमा एक जना भाग्यसाली विजेताले १५ लाख रुपैयाँ नगद उपहार प्राप्त गरेका छन्।

योजनामा एसटी अटो, लुम्बिनीकी सहभागी सावित्रा श्रेष्ठले १५ लाख रुपैयाँ नगद प्राप्त गरेकी छन्।

प्रदेशगत रुपमा एक लाख रुपैयाँ पाउनेमा प्रदेश १ बाट रविना चौधरी, प्रदेश २ बाट राम प्रकाश यादव, बागमतीबाट अनिना मानन्धर, गण्डकीबाट जमुना मुडभरी, लुम्बिनीबाट अनप्रसाद काफ्ले, कर्णालीबाट तारा थापा र सुदूरपश्चिमबाट परशुराम थारु रहेका छन्।

योजनाअन्तर्गत होण्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले ७ वर्षको लागि स्पेयर पार्टस्मा ७% छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गरेका छन्। त्यसैगरी होण्डा बिग बाइकको खरिद गर्ने सबैले ४० हजार सम्मको क्यास ब्याक प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved