काठमाडौं। नेपालमा सोमबार थप ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १० हजार ४ सय १६ पीसीआर परीक्षणका क्रममा ३ सय १३ जना र २ हजार ८ सय २० एन्टीजेन परीक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २० हजार ३ सय ४५ पुगेको छ।
हिजो २ सय ५४ जनामा कोरोना पुष्टि भएको हो। हिजोको तुलनामा ८७ जना संक्रमित बढेका हुन्।
त्यस्तै कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ५७ जनाको कोरोनाका कारण मृत्यु भएको छ। त्यस्तै थप ३ सय ७६ सक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ७ हजार १ सय ५४ जना निको भएका छन्।
हाल नेपालमा ५ हजार ८ सय २४ सक्रिय संक्रमित आइशोलेशन र ९७ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ।
Facebook Comment
Comment