मत हालेर बाहिरिएपछि सिटौलाले भने- देउवाले पहिलो चरणमै जित्छन्

तर केसी भन्छन्- मतदान दोस्रो चरणमा जान्छ

नेपालभ्युज

मत हालेर बाहिरिएपछि सिटौलाले भने- देउवाले पहिलो चरणमै जित्छन्
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा शेरबहादुर देउवाले सभापतिमा पहिलो चरणमै जित्ने दाबी गरेका छन्। महाधिवेशनस्थलअन्तर्गत भोट हालिसकेपछि पत्रकाहरूसँग संक्षिप्त कुराकानी गर्दै सिटौलाले देउवा फेरि सभापति हुने दाबी गरेका हुन्।

देउवालाई सभापतिमा समर्थन गरेका पूर्वमहामन्त्रीसमेत रहेका सिटौलाले आफ्नो समूहबाट महामन्त्रीमा युवा नेता प्रदीप पौडेललाई उभ्याएका छन्। यसअघि पनि उनले पटक पटक देउवाले पहिलोचरणमै सभापति जित्नै दाबी गर्दै आएका छन्।

तर संस्थापनइतर समूहका नेता अर्जुननरसिंह केसीले देउवाले पहिलो चरणमा नजित्ने र मतदान दोस्रो चरणमा पनि हुने बताए। पहिलो चरणमा कसैले पनि बहुमत ल्याउन नसक्ने र मतदान दोस्रो चरणमा धकेलिने उनले आकलन गरे। उनले भने, “सभापतिका दाबेदारहरूले के भन्छन् त्यो म जान्दिनँ तर मेरो सामान्य बुझाइले मतदान दोस्रो चरणमा जान्छ।”

नेपाली कांग्रेस महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अहिले निर्वाचन भइरहेको छ। सोमबार बिहान ८ बजेदेखि शुरु हुने भनिए पनि साढे ११ बजे मतदान शुरु भएको थियो। अहिलेसम्म एक तिहाइ मत पनि खसिसकेको छैन।

कांग्रसको सभापति जित्न ५० प्रतिशत मत कटाउनैपर्ने विधानतः व्यवस्था छ। यो पटक सभापतिका लागि देउवासँगै नेता शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ भिड्दै छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved