भारतकी हरनाज सन्धुलाई मिस युनिभर्सको ताज

नेपालभ्युज

भारतकी हरनाज सन्धुलाई मिस युनिभर्सको ताज

एजेन्सी। भारतकी हरनाज सन्धुले मिस युनिभर्सको ताज जितेकी छिन्। सन् २००० मा लारा दत्ता मिस युनिभर्स भएयता कुनै पनि भारतीय सुन्दरीले यो ताज जित्न सकेका थिएनन्।

७० औं मिस युनिभर्स पेजेन्ट १२ डिसेम्बरमा इजरायलमा सम्पन्न भएको हो। हरनाजले ७९ देशका सुन्दरीहरुलाई पछि पारेर ताज जितिन्।

पाराग्वेकी नाडिया फेरेराले रन अप र दक्षिण अफ्रिकाकी लालेला मस्वानेले सेकेन्ड रनर अपको ताज जिते। बलिउड अभिनेत्री उर्वशी रौतेला पनि यस प्रतिस्पर्धामा निर्णायकको भूमिका थिइन्।

चन्डीगढकी हरनाजले केही समयअघिमात्रै ‘मिस दिवा मिस युनिभर्स इन्डिया २०२१’ को ताज जितेकी थिइन्। त्यसपछि उनी मिस युनिभर्सका लागि भारतबाट छानिएकी थिइन्।

२१ वर्षीय हरनाज पेशाले मोडल हुन्। उनले चन्डीगढको शिवालिक पब्लिक स्कुलबाट आफ्नो शुरुवाती पढाई पूरा गरेकी थिइन्।

चन्डीगढबाट नै ग्रेजुएशन सकेकी हरनाज अहिले मास्टर्समा पढ्दैछिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved