कांग्रेसको १४ औँ महाधिवेशन

भोट हालेर फर्किए देउवा

नेपालभ्युज

भोट हालेर फर्किए देउवा

काठमाडौं। नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि सभापति पदमा उम्मेदवारी दिएका प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा मतदान सकेर निस्किएका छन्।  अन्य उम्मेदवारले मतदानस्थल राष्ट्रिय सभागृहमा पुगेर मत मागिसक्दा देउवा भने ढिला गरी पुगेका थिए।

त्यसैगरी सभापतिका अर्का उम्मेदवार नेता प्रकाशमान सिंह पनि मतदान सकेर बाहिरिएका छन्। यी दुवैले एउटै बुथमा मत हालेका छन्। मत खसाल्न तीन मतदानस्थलमा गरी एक हजार एक सय बुथ राखिएका छन्।

कांग्रेस केन्द्रीय समितिका लागि सभापतिसहित १ सय ३४ पदमा झण्डै पाँच सय जनाले उम्मेदवारी दिएका छन्। बेलुका ५ बजेसम्म हुने मतदानमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मत खसाल्नेछन्।

भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभा गृह गरी तीन मतदानस्थलबाट निर्धारित समयभन्दा साढे तीन घण्टा ढिलो गरी मतदान शुरु भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved