कांग्रेसको १४ औँ महाधिवेशन

निर्वाचन समितिले माफी मागेपछि पत्रकारले थाले समाचार संकलन

नेपालभ्युज

निर्वाचन समितिले माफी मागेपछि पत्रकारले थाले समाचार संकलन

काठमाडौं । ठाउँ अव्यवस्थित बनाइएको र आफूहरूमाथि दुर्व्यवहार भएको भन्दै कांग्रेस महाधिवेशनमा रिपोर्टिङ गर्न गएका पत्रकारहरूले विरोध जनाएपछि निर्वाचन समितिले माफी मागेको छ।

महाधिवेशनस्थल भृकुटीमण्डमा यतिबेला कांग्रेसको नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको छ। समाचार संकलन गर्न गएका पत्रकारहरूमाथि दुर्व्यवहारसमेत भएको भन्दै उनीहरूले ठाउँ व्यवस्थित गरेमात्र समाचार संकलन गर्ने बताएका थिए। ठाउँ व्यवस्थित नभएसम्म उनीहरूले निर्वाचन बहिष्कार गर्ने पनि चेतावनी दिएका थिए।

रिपोर्टिङ क्रममा राष्ट्रियसभा गृह भृकुटीमण्डमा केही बेरअघि धकेलाधकेलसमेत भएको थियो। निर्वाचन समिति र समाचार संकलन गर्न गएका पत्रकाहरूबीच तनावग्रस्त स्थिति सिर्जना भएको थियो। यस विषयमा निर्वाचन समितिले क्षमायाचना गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved