कांग्रेस महाधिवेशन

मतदानअघि प्रतिनिधिलाई पूर्ण स्यानिटाइज गरिने

नेपालभ्युज

मतदानअघि प्रतिनिधिलाई पूर्ण स्यानिटाइज गरिने

काठमाडौं। केही बेरमा कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत मतदान शुरु हुँदैछ। मतदानका लागि देशभरबाट ४ हजार ७ सय ४३ जना प्रतिनिधि छनोट भएर आएका छन्।

कोभिड संक्रमणको जोखिम कायमै रहेका कारण मतदानअघि सबै प्रतिनिधिलाई पूर्ण स्यानिटाइज गरिने भएको छ।

महाधिवेशनस्थलमा लागि डिजिटल स्यानिटाइजर मेशिन राखिएको छ। उक्त मेशिनले १५ सकेण्डमा पूरा शरीर स्यानिटाइज हुने बताइएको छ।

मतदान गर्न जानुअघि अनिवार्य रूपमा स्यानिटाइज गर्नुपर्ने कांग्रेस निर्वाचन समितिले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved