कांग्रेस महाधिवेशनमा कसले कहाँ गर्ने मतदान ?

नेपालभ्युज

कांग्रेस महाधिवेशनमा कसले कहाँ गर्ने मतदान ?

काठमाडौं। केही समयपछि कांग्रेसको १० औँ महाधिवेशनअन्तर्गत मतदान शुरु हुँदैछ। मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभा गृह गरी तीन मतदानस्थलमा एक हजार एक सय बुथ राखिएको छ।

कांग्रेस केन्द्रीय समितिका लागि सभापतिसहित १ सय ३४ पदका लागि झन्डै पाँच सय जनाले उम्मेदवारी दिएका छन्।

कांग्रेसको निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्रांगणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएका छन्। बेलुका ५ बजेसम्म हुने मतदानमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मत खसाल्ने छन्।

निर्वाचन समितिले  प्रतिनिधिका लागि मतदानस्थल छुट्याएको छ।

महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।

प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्रांगणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved