कांग्रेसमा नयाँ नेतृत्वका लागि मतदान शुरु (उम्मेदवारको सूचीसहित)

नेपालभ्युज

कांग्रेसमा नयाँ नेतृत्वका लागि मतदान शुरु (उम्मेदवारको सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ। भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभा गृह गरी तीन मतदानस्थलबाट निर्धारति समयभन्दा साढे तीन घण्टा ढिलो गरी मतदान शुरु भएको हो।

मत खसाल्नका लागि तीन मतदानस्थलमा एक हजार एक सय बुथ राखिएको छ।

कांग्रेस केन्द्रीय समितिका लागि सभापतिसहित १ सय ३४ पदका लागि झन्डै पाँच सय जनाले उम्मेदवारी दिएका छन्। बेलुका ५ बजेसम्म हुने मतदानमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मत खसाल्ने छन्।

No description available.

शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङ सभापति पदका उम्मेदवार छन्।

दुई उपसभापतिका लागि सात जना र दुई महामन्त्रीका लागि पाँच जनाले प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै ८ सहमहामन्त्री पदमा १९ जनाको उम्मेदवारी परेको छ।

No description available.

त्यसैगरी ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जना भिड्नेछन् भने ९ महिला खुला केन्द्रीय सदस्यका लागि ३० जनाको प्रतिस्पर्धा हुनेछ।

कांग्रेसमा सभापतिमा निर्वाचित कुल मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ। कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा पहिलो र दोस्रो प्रतिस्पर्धीबीच दोस्रो चरणको मतदान हुनेछ।

यस्तो छ उम्मेदवारको सूची

p;


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved