काठमाडौं–बहराइन सिधा उडानको तयारी

नेपालभ्युज

काठमाडौं–बहराइन सिधा उडानको तयारी
फाइल तस्वीर

काठमाडौं। काठमाडौँ–बहराइन सिधा उडानको तयारी गरिएको छ।

यसैका लागि बहराइनका लागि नेपाली कार्यवाहक राजदूत अरुणा घिसिङ र बहराइन एयरपोर्ट कम्पनी (बीएसी) का प्रमुख कार्यकारी अधिकृत मोहम्मद युसिफ अलबिनफालाहबीच काठमाडौँ–बहराइन हवाई सम्पर्क स्थापना गर्नेबारे छलफल भएको छ ।

बीएसी भवनमा आइतबार भएको भेटका क्रममा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीद्वारा काठमाडौँ मनामाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने सम्बन्धमा विस्तारमा छलफल भएको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ ।

भेटका क्रममा अलबिनफालाहले उक्त वायुसेवा कम्पनीलाई बहराइन आकाशमा उडानका लागि आफूले स्वागत गर्ने बताएको राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved