एलेन मस्कले ट्वीटरमा किन फिनल्याण्डकी प्रधानमन्त्रीलाई व्यंग्य गरे?

नेपालभ्युज

एलेन मस्कले ट्वीटरमा किन फिनल्याण्डकी प्रधानमन्त्रीलाई व्यंग्य गरे?

काठमाडौं। संसारकै धनाढ्य एलेन मस्कले नेपाली समयअनुसार ६ बजेर ३२ मिनेट जाँदा एउटा रमाइलो ट्वीट गरेका छन्।

ट्वीटमा एउटा तस्वीर छ। डान्स बारजस्तो देखिने पृष्ठभूमीमा एक युवतीलाई युवकले कानमा केही भनेजस्तो देखिन्छ। र, त्यसको क्याप्सनमा यस्तो संवाद राखिएको छः

‘ऊः तिमी के गर्छौ?
उनीः म फिनल्याण्डकी प्रधानमन्त्री हुँ।
ऊः हँ?’


आखिर किन मस्कले एउटा देशको प्रधानमन्त्रीलाई व्यंग्य गरिएको मिम ट्वीट गरे त?

उनले यसबारे केही नखुलाए पनि ट्वीटरमा आएका कमेन्टले त्यसको पृष्ठभूमि बताउँछ। ३६ वर्षीय प्रधानमन्त्री सान्ना मरिन गत ४ डिसेम्बरमा कोभिड-१९ का संक्रमितसँग सम्पर्कमा आएको थाहा पाएको केही घण्टामै रात्रि क्लबमा गएकी थिइन्।

उनको मन्त्रिमण्डलका परराष्ट्र मन्त्रीलाई कोरोना पोजिटिभ भएको थाहा हुँदाहुँदै पनि उनी क्लब गएकी थिइन्। जबकि उनलाई सेल्फ-आइसोलेसनमा बस्न भनिएको थियो। तर फोन घरमै छुटेका कारण उनले उक्त मेसेज नदेखेको बताएकी छन्।

आफूले दुईपटक खोप लगाएकाले सेल्फ-आइसोलेसनमा बस्न नपर्ने ठानेर गएको उनले बताएकी थिइन्।

कोभिड नियम नमानेका कारण आलोचना भएपछि उनले माफी पनि मागेकी थिइन्। उनमा कोभिड संक्रमण नभएको पुष्टि भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved