सीजीको टीसीएलको नयाँ क्युलेड फोरके टीभी सार्वजनिक

नेपालभ्युज

सीजीको टीसीएलको नयाँ क्युलेड फोरके टीभी सार्वजनिक

काठमाण्डौं। टीसीएलको नयाँ क्युलेड फोरके टीभी सार्वजनिक भएको छ। आईएचएस प्रमाणित ठूलो ब्राण्ड टीसीएलको नेपालका लागि आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्सअन्तर्गत ईओएल प्रालिले क्युलेड फोरके टीभीसी ७२८ मोडल र यूएचडी एआई टीभीपी ७२५ मोडल सार्वजनिक गरेको हो।

कम्पनीले काठमाडौंस्थित टंंगाल स्वरुपमबाट दुई मोडल सार्वजनिक गरेको हो। टीसीएलको नयाँ टीभीसी ७२८ मोडेल ५५ र ६५ू इन्चमा र टीभीपी ७२५ मोडेल ७५ इन्चमा उपलब्ध छ।

क्वान्तम डट तहलाई फिल्टर गरेर स्पष्ट दृश्य प्रदान गर्ने यी टीभी उच्च गुणस्तरीय भएको दाबी कम्पनीको छ। भिडिओ गेमिङ र घरमै डिजिटल दुनियाँको आनन्द लिनेका लागि यसले नयाँ आयाम थप्ने दाबी कम्पनीले गरेको छ।

यो टीभीमा १२० हर्ज एमईएसी, उच्च रिफ्रेश रेटको डाइनामिक कम्पेन्सेसन, भ्यारियबल रिफ्रेस रेट, अटो लो लेतेन्सी मोड, ईएआरसी प्लस प्रोपाइटरी सफ्टवेर अल्गोरिथम आदि विशेषता रहेका छन्।

टीभीमा उत्कृष्ट ध्वनि अनुभूतिका लागि डब्ली एटमोस फिचर राखिएको छ भने यसमा थिएटर लेभल साउन्ड सिस्टम र साउन्डबार पनि छ।

टीभी स्मार्टफोन र भ्वाइस कमाण्डबाट पनि सञ्चालन गर्न सकिने जानकारी कम्पनीले दिएको छ।

टीभी काठमाडौंमा टंगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हातिगौंडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौंबाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका कम्पनी शोरुमबाट एकैसाथ सार्वजनिक गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved