कांग्रेसको १४ औँ महाधिवेशन

कार्यकर्ता ओसार्न मन्त्रालयको गाडी

उनले मन्त्रालयको गाडीमा  सभापतिका उम्मेदवार देउवाका प्रचार सामाग्री समेत ओसार्ने गरेका छन्। ग १ झ ५६३ नम्बरको सेतो कलरको गाडीमा उनीसँगै ठूलो संख्यामा महाधिवेशन प्रतिनिधिहरु पनि ओहर–दोहर गर्छन्। 

नेपालभ्युज

कार्यकर्ता ओसार्न मन्त्रालयको गाडी

काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशन अहिले भृकुटीमण्डपमा चलिरहेको छ। पार्टीका शीर्ष नेताहरू महाधिवेशनस्थलमा मत माग्न व्यस्त छन्।

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दकुमार थापा पनि अहिले महाधिवेशनस्थलमै छन्। उनी प्रधानमन्त्री शेरबहादुर देउवाका लागि मत मागिरहेका छन्।

यतिमात्रै होइन, उनले मन्त्रालयको गाडीमा  सभापतिका उम्मेदवार देउवाका प्रचार सामग्रीसमेत ओसार्ने गरेका छन्। ग१झ ५६३ नम्बरको सेतो कलरको गाडीमा उनीसँगै ठूलो संख्यामा महाधिवेशन प्रतिनिधिहरू पनि ओहोर-दोहोर गर्छन्।

‘‘मन परेका उम्मेदवारको पक्षमा भोट माग्नु स्वाभाविक हो। तर, राज्यको सम्पत्ति र स्रोत यसरी प्रचारमा खर्च गर्नुलाई उचित मान्न सकिँदैन,’’ अर्का एक महाधिवेशन प्रतिनिधिले भने। तर कांग्रेसमा मत माग्नका लागि सरकारी गाडी प्रयोग गरिएको यो नै पहिलो घटना भने होइन।

पहिले पनि विवादमा तानिएका थिए थापा

व्यापारिक पृष्ठभूमिका थापा घरजग्गाका कारोबारीसमेत हुन्। यसअघि गण्डकी प्रदेशको मन्त्रीका लागि कांग्रेसमा लामो समय योगदान गरेका डोबाटे विश्वकर्माको नाम चर्चामा थियो।

तर, अन्तिम अवस्थामा दोबाटेको नाम काटेर थापालाई शपथ खुवाइएको थियो। कांग्रेसमा लामो समय योगदान गरेका दलित नेताको भाग अर्बपति व्यापारीले खोसेको भन्दै त्यतिबेला कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved