चिनियाँ सुपर लिगको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टसले गर्ने

नेपालभ्युज

चिनियाँ सुपर लिगको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टसले गर्ने

काठमाडौं। यस सिजनको चिनियाँ सुपर लिग फुटबलअन्तर्गत आज (२६ मंसीर)देखि शुरु हुने खेलको प्रत्यक्ष प्रशारण अधिकार एक्सन स्पोर्ट्स एचडी १ लिएको छ।

पहिले चिनियाँ जिया ए लिगको नाममा हुने यो लिग सन् २००४ देखि चिनियाँ फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चिनियाँ सुपर लिग (सीएसएल) को नामबाट शुरु भएको थियो। लिगको यस सिजनमा कुल १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।

यस लिगलाई दर्शकका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडिका लागि पनि आकर्षक लिगका रूपमा लिइन्छ। यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडी ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्वस्तरीय खेलाडिहरू विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दैछन्।

स्पेनिस ला लिगा, एफ ए कपको नेपालमा आधिकारिक प्रशारण गरिरहेको नेपाली स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले आफ्नो एचडी १ र एचडी २ च्यालन मार्फत विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलहरु प्रशारण गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved